CLI

सूचीकृत १२ हाइड्रोपावरको उत्पादन बन्द हुँदा १२३ मेगावाट विद्युत आपूर्तिमा असर, १२ वटै कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । सूचीकृत १२ वटा हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट १२३.१६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । त्यसैले यी कम्पनीहरुले सञ्चालन गरेको आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेड आयोजनाको ५.१ मेवा विद्युत उत्पादन पनि बन्द भएको इपपानले जनाएको छ  । यो कम्पनी भने नेप्सेमा सूचीकृत छैन ।

आयोजनाहरुबाट विद्युत उत्पादन बन्द भएपछि हाइड्रोपावर कम्पनीहरुको सेयर भाउमा पनि भारी गिरावट देखिएक छ । त्यसैपनि नेप्से सूचक मंगलबार ठूलो अंकले घटेको छ । बजारसँगै यी हाइड्रोपावर कम्पनीहरुको बजार मूल्य पनि घटेको छ । नेप्से सूचकमै गिरावट आउँदा हाइड्रोपावरमा थप दबाब परेको सेयर बजारका जानकारहरु बताउँछन् ।

बाढीका कारण हिमाल दोलखा हाइड्रोपावरका २ वटा आयोजना, सानिमा माईका २ र सान्भि इनर्जीका पनि २ वटा आयोजनामा क्षति पुगेको छ । त्यस्तै, सुपरमाई, सगरमाथा, माईखोला, एसियन, सामलिङ, पञ्चकन्या, पिपुल्स, जोशी, पाँचथर पावरका १-१ वटा आयोजनामा क्षति पुगेको छ । यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेडले ५.१ मेगावाट विद्युत उत्पादन गरेको छ ।

बाढीले क्षति पुर्याएका हाइड्रोपावर आयोजनाबाट कति विद्युत उत्पादन हुन्छ ?

मंगलबारको सेयर कारोबार अनुसार बाढीबाट प्रभावित हाइड्रोपावर कम्पनीहरुको सेयर भाउमा पनि गिरावट देखिएको छ । यद्दपि, यस दिन नेप्से सूचक नै भारी अंकले घटेको छ । त्यसैले गर्दा हाइड्रोपावर कम्पनीहरुमा झनै दबाब परेको देखिन्छ ।

बाढी प्रभावित हाइड्रोपावर कम्पनीहरुको सेयर भाउ कति प्रतिशतले घट्यो ?  

बाढीले आयोजना बन्द हुँदापनि दैनिक १ हजार मेगावाट विद्युत निर्यात गर्दै प्राधिकरण

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । चालू आर्थिक वर्ष २०८२-८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

त्यसैले, विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।

विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफाल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।

सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका

बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरु पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ । बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् ।

निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा

निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।

यहि वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ ।

सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।

Leave Your Comment

Related News