फेरि घट्यो सेयर बजार, कारोबर रकममा पनि कमी

काठमाडौं ।  मंगलबार घटेको सेयर बजार साताको चौथो दिन बुधबार पनि सेयर बजार झिनो अंकले घट्दा कारोबार रकममा समेत कमी आएको छ । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घट्दा २ हजार ७९.७१ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीमो मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले घट्दा ३ सय ७१.६१ विन्दुमा पुगेको छ । मंगलबार ६.२२ अंकले घटेको सेयर बजार बुधबार ०.२६ प्रतिशतले घटेको हो ।
बुधबार ३ सय ६ वटा कम्पनीको ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर करोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ ७९ पैसा रह्यो । मंगलबार भने ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ कारोबार भएको थियो ।

बुधबार ४९ हजार ७ सय ३३ पटक कारोबार हुदाँ बजार पुँजीकरण भने ३२ खर्ब ९७ अर्ब ८१ करोड २५ लाख ५५ हजार ६ सय ८० रुपैयाँ १ पैसा रह्यो । बुधबार ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बुधबार १३ वटा समूहमध्ये ४ वटा समूहको सेयर उकालो लाग्दा ८ वटा समूहको सेयर ओरालो लाग्यो भने एउटा समूहको सेयर स्थिर रह्यो । जसमा लगानी समूह रहेको छ । बुधबार वित्त २.०९, उत्पादन र प्रशोधन २८.०६, लघुवित्त ६०.०७ र म्युअुचल फण्ड ०.९२ अंकले बढ्दा बैकिङ ७.४५, विकास बैंक १२.६१, होटल तथा पर्यटन २९.८९,जलविद्युत १६.१६, जीवन बीमा ५५.४८, निर्जिवन बीमा २६.२२, व्यापार ३१.२५ र अन्य समूह ११.२६ अंकले घट्यो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंक, सीइडीबी हाइड्रो, सानिमा माइ हाइड्रो, पोखरा फाइनान्स र ग्लोबल आइएमइ लिघुवित्त वित्तीय संस्था रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंकको १९ करोड ३ लाख ७९ हजार रुपैयाँ, सीइडीबी हाइड्रोको १८ करोड ४३ लाख ७५ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख ६१ हजार रुपैयाँ, पोखरा फाइनान्सको १२ करोड ६ लाख ७३ हजार रुपैयाँ र ग्लोबल आइएमइ लिघुवित्त वित्तीय संस्थाको ८ करोड ५३ लाख ५४ हजार रुपैयाँ बराबरको करोबार भयो ।
बुधबार भगवती हाइड्रो डेभ्लपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र माईखोला हाइड्रोको सेयरमा सकारात्मक सर्किटन लाग्दा सैबभन्दा बढी कमाउनेमा विजय लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्था कम्पनी रह्यो । भने सबैभन्दा बढी गुमाउनेमा अप्पर लोहोरे खोला हाइड्रोपावार, कुमारी धनवृद्धि योजना, कुमारी इक्वटी फण्ड, रसुवागढी हाइड्रोपावर कम्पनी र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताहरु रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार