CLI

तटबन्ध भत्किँदा करोडौँको माछा बगायो

जलेश्वर (महोत्तरी) । यहाँको रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टर पोखरीमा बाढीको पानी पसेर अनुमानित रु १० करोड बढी मूल्य बराबरको माछा बगाएको माछापालकहरुको दाबी छ ।

गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाको करिब दुई सयवटा पोखरीको करिब ३५ हजार क्वीन्टल माछा बगाएको माछापालक मनरासिश्वा–५ का रामसुदिश शरणले जानकारी दिए ।

सो तटबन्ध भत्किँदा रामविशेष शरण, सुशिलसहनी, भरत सहनी, जामुनमुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारीदेवी, मरमानन्द मुखिया, ईनरजीत मुखियालगायतका दर्जनौँ पोखरी डुबेको तथा करोडौँ मूल्य बराबरको माछा बगाएको जलेश्वर नगरपालिका–१ का माछापालक शङ्कर साहले बताए । बैङ्कबाट कर्जा लिएर पालन गरेको माछा बाढीले बगाएपछि पीडितहरुले सरकारसँग अनुदान तथा क्षतिपूर्तिको माग गरेका छन् ।

Leave Your Comment

Related News