CLI

त्रिवि जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक हुने

काठमाडौं ।  शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने भएको छ । सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री महाबिर पुनले सो कुराको जाकारी दिएका हुन  ।  यस अघिको केपी ओली सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) गठन गरेको थियो समितिले तात्कालिन सरकारलाई प्रतिवेदन बुझाए पनि सो प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । तात्कालिन सरकारले पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।

२०८२ असोज २३ गते बसेको मन्त्री परिषद्को बैठकले त्रिभुबन बिश्व बिध्यालयको जग्गासम्बन्धि प्रतिवेदन कार्यान्वयनको लागि शिक्षा मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा शिक्षा मन्त्रालयले प्रतिबेदन सार्वजनिक गर्न लागेको हो ।

 

Leave Your Comment

Related News