काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्य ज्यूहरु, शेयरधनी महानुभावहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


