काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बोनस सेयर घोषणा गरेको छ । यस कम्पनीले लाभांश प्रस्तावसहित कात्तिक २१ गते साधारण सभा पनि बोलाएको छ । सभा सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागिता र लाभांश हात पार्न सक्नेछन् ।

