काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ३.०५ प्रतिशतले घटेको हो । नाफा बुक गर्ने बढ्दा सूचकमा दबाब देखिएको हो । यस दिन ३२४ वटा कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबै समूह घटेका छन् । वाणिज्य बैंक करिब ३२ अंक, विकास बैंक १६२, वित्त ८५ , होटल पर्यटन ३००, जलविद्युत १२६.४९, लगानी ३.२६ जीवन बिमा ३१९.०३, उत्पादन र प्रशोधन १४१, लघुवित्त १४१.३८, म्युचल फण्ड ०.२० , निर्जीवन बीमा २५१, अन्य समूह १०९.८३, व्यापार १०७ अंकले घटेका छन् ।
यसदिन रकमको अधारमा सर्वाधिक कारोबार कम्पानीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, एन.एल.जी. इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड र सीइडीबी होल्डिङ्स लिमिटेड रहेका छन् ।
नेपाल रिइन्स्योरेन्सको ३८ करोड ७ लाख, एनएलजी इन्स्योरेन्स ३७ करोड १७ लाख, युनियन हाइड्रोपावर लिमिटेड ३६ करोड ३३ हजार, हिमालयन रिइन्स्योरेन्स लिमिटेड २३ करोड ४६ हजार र सीइडीबी होल्डिङ्स लिमिटेड २२ करोड ४१ लाख बराबर कारोबार भएको छ ।

