CLI

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो ।

विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न भएका राईडर, ड्राईभर र प्रमोटरलाई समावेश गर्दै जनही नगद २० हजार सहित अवार्ड वितरण गरिएको नासा नेपालले जनाएको छ । सम्मानित हुनेमा टीएसडी र्याली ड्राईभर उपेन्द्र प्याकुरेल, मोटर–मोटर साईक्लिङ रेसिङ बर्षा बस्नेत, मोटर साईक्लिङ (अफरोड) सुन्दर होना (भिम), मोटर स्पोर्ट्स (अटो जिमखाना) आशिष भारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टू ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टू ओभरसिजका बिक्रम थापा रहेका छन् ।

कार्यक्रमका अवार्ड विजेतालाई मुख्य अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआईए वल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।

Leave Your Comment

Related News