सुनचाँदीको मुल्य बढ्यो

Garima_Business-Loan3

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बिहीबारको लागि छापावाला र तेजावी सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हाजर २ सय रुपैेयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रति १० ग्राम १ लाख २३ हजार ४ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २२ हजार ८ सय ५५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, बिहीबार लागि चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेको छ । बिहीबारका लागि चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ तोकेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी प्रति १० ग्राम १ हजार ५ सय ८६ रुपैयाँ तोकिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार