एक दिनमै ८ हजारले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी अनुसार सुन  मंगलबार तोलामा २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी यस दिन चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। बजारमा चाँदी प्रतितोला ३ हजार २२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार