बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३५ अर्ब खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज असोज २९ गते ३५ अर्ब रूपैयाँ निक्षेप  झिक्ने भएको छ । राष्ट्र बैंकले ४ दिनका लागि  निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज असोज २९ गते ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।निक्षेप संकलनको लागि आअह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमेजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ।संकलित निक्षेपको सावा ब्याज भुक्तानि  कात्तिक २ गतेलाई तोकिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार