CLI

नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री हुने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौता अनुसार, उक्त वस्तुहरू — जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि — कम्पनीको वेबसाइट (www.leafplus.com) वा सम्पर्क नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत खरिद गर्न सकिनेछ। खरिदका बेला नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी रकम भुक्तानी गरेमा बिल रकममा छुट लागू हुनेछ।

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत श्री कोबित सिंह बानियाले सोमबार (२०८२ साल असोज २७ गते) काठमाडौंको शंखमुलस्थित कार्यालयमा हस्ताक्षर गरेका हुन्। यस सहकार्यबाट ग्राहकहरूमा स्वदेशी उत्पादनको प्रयोग र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन हुने बैंकले विश्वास व्यक्त गरेको छ।

Leave Your Comment

Related News