सानिमा बैंकको साधारणसभा आज, लाभांक पारित गर्ने 

काठमाडौं । सानिमा बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका लागि भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१ औं वार्षिक साधारणसभा शुरू हुँदैछ ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २६ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार