काठमाडौं । लुम्बिनी सेरामिक्स र बढानिलकण्ठ हेरिटेज लिमिटेडले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । जसमध्ये बढानिलकण्ठ हेरिटेजले आइपीओ प्रस्तावसहित कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । त्यस्तै, लुम्बिनी सेरामिक्सले विशेष प्रस्तावसहित कात्तिक १७ गते आइपीओ प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

