काठमाडौं । आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ०.६७ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ०.५३ प्रतिशतले बढेको छ । फ्लोट इन्डेक्स ०.५७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४९ अंकले बढेको छ ।
यस दिन ३२३ वटा कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । १६३ कम्पनीको भाउ बढेको छ भने ७८ वटाको घटेको छ ।
नेप्सेमा सूचीबद्ध १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन् । वाणिज्य बैंक समूह ०.८७ प्रतिशत, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५ जीवन बिमा ०.३३, उत्पादन र प्रशोधन ०.९०, लघुवित्त ०.४७, अन्य समूह १.१६, व्यापार ०.९० प्रतिशत बढेका छन् ।
यता, विकास बैंक समूह ०.२१ प्रतिशतले घटेको छ भने म्युचल फण्ड ०.१३, निर्जीवन बीमा ०.३४ प्रतिशतले घटेको छ । यसदिन सबैभन्दा धेरै भाउ बढ्ने कम्पनीमा आत्मनिर्भर लघुवित्त परेको छ । यस संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ ।

