विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर Sam Heazlett लाई अनुबन्ध गरेको छ। Sam Heazlett अष्ट्रेलियाका यू – १९ टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। उनले अष्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्। Sam Heazlett खेल हरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन् । उनीसंँग ५० भन्दा बढी बिग ब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ ।

उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ । उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास गुणस्तर थपिने अपेक्षा गरेको छ । विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्ज मुन्सीलाई पनि टिममा आवृद्ध गरिसकेको छ । टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधि जित्ने लक्ष्यसहित तयारी तिव्र
गतिमा अगाडी बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार