चीनको सेयर बजार १० वर्षयताकै उच्च विन्दुमा, प्रविधि र नीतिगत सुधारले लगानीकर्ता उत्साहित

काठमाडौं । चीनको सेयर बजार हाल १० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शाङ्घाई कम्पोजिट इन्डेक्सले सन् २०१५, अगस्टयताकै उच्च विन्दुमा पुगेको छ । यो समाचार लेख्दै गर्दा (१०:५४ बजे) उक्त डन्डेक्स ३ हजार ९३८ अंकमा कोरोबार हुँदैछ । यो उल्लेखनीय वृद्धि पछाडी चीन सरकारका सहज नीतिहरु, कृत्रिम बौद्धिकता (AI) र सेमीकन्डक्टर क्षेत्रमा भएको प्रगति र विदेशी लगानीकर्ताको बढ्दो आकर्षण मुख्य कारणका रुपमा देखिएका छन् ।

विश्लेषकहरुका अनुसार बजारमा आएको यो उछाल चीनको आर्थिक स्थायित्व र प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने अभियानसँग प्रत्यक्ष रुपमा जोडिएको छ । प्रविधि, फिनटेक र चिप उत्पादनसम्बन्धी कम्पनीका सेयरहरुमा विशेष वृद्धि देखिएको छ । जसले समग्र सूचकांकलाई माथि उकासेको हो ।

यससँगै सरकारले आर्थिक नीतिमा सहजता ल्याउने, सम्पत्ति बजार स्थिर पार्ने, र घरेलु उपभोग प्रोत्साहन गर्ने कदमहरु चालिरहेको छ । यी प्रयासहरुले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न मद्दत पुगेको विश्लेषकहरुको भनाइ छ ।

तर, केही बजार विज्ञहरुले तीव्र वृद्धि पछि बजारमा मूल्यांकन जोखिम (valuation risk) र छोटो अवधिको सुधार (pullback) को सम्भावना रहन चेतावनी पनि दिएका छन् । समग्र रुपमा चीनको सेयर बजारको यो उछालले देशको प्रविधि–केन्द्रित अर्थतन्त्र र नीतिगत सुधारमा लगानीकर्ताको विश्वास पुनःजागृत भएको संकेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार