नेशनल लघुवित्तको ८ लाख बोनश शेयर सूचीकृत

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १ सय ५४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरेको छ । संस्थाले आफना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर वापत् उक्त कित्ता नेप्सेमा सूचीकृत गरेको हो ।

सेयरधनीहरुले आफनो हितग्राही खातामा बोनस सेयर आए पश्चयात दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

संस्थाले १० औं वार्षिक साधारण सभामार्फत् बोनस सेयर प्रदान गर्ने निर्णय रहेको थियो । उक्त बैठकमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिक हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २ सय १९ रुपैयाा ६३ पैसको ७.५ प्रतिशत हुने आउने रकम ८ करोड १३ लाख १५ हजार ४ सय ६६ रुपैयाँ ४६ पैसाँ बराबरको कर प्रयोजन सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार