काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एचएलआई लार्ज क्याप फन्डले असोज महिनामा १५ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । वित्तीय रिपोर्ट अनुसार फन्डले असोजमा १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर होल्ड गरेको देखिएक छ ।
त्यस्तै, २८ करोड ३४ लाख रुपैयाँको ऋणपत्रमा लगानी छ । फन्डको बैंक मौज्दातमा ३ अर्ब ३९ करोड जम्मा छ भने यसले मुद्दति निक्षेपमा लगानी गरेको छैन । यसको न्याभ ९.६९ रुपैयाँ छ ।
रिपोर्ट अनुसार यो सामूहिक लगानी कोषले नेपाल पुनर्बिमाको ३ लाख ४० हजार कित्ता सेयर होल्ड गरेको छ । त्यस्तै, एनएलजी इन्सुरेन्सको ६ लाख ४७ हजार कित्ता र गार्डियन माइक्रो लाइफको १ लाख ४० हजार कित्ता सेयर होल्ड गरेको छ । नेपाल रिमा यसको ४२ करोड ५० लाख, एनएलजीमा ४५ करोड ११ लाख र गार्डियनमा २७ करोड १० लाख रुपैयाँ बराबरको लगानी देखिएको छ ।

