घिउसिमिको मुल्य बढ्दा, डल्ले च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा टुलो नेपालीको मुल्य यथावत रहेको छ हिजो प्रति केजी ५५ रुपैँयामा किनबेच भएको गोलभेडा ठुलो नेपाली आज पनि सोहो मुल्य कायम रहेको  छ । आलु रातो भारतियको मुल्य पनि यथावत रहेको छ  हिजो प्रति केजी ४७ रुपैँयामा कारोबार भएको भारतिय आलुको मुल्य आज पनि सोहि रहेको छ । आलु रातो मुडेको मुल्य पनि यथावत रहेको छ हिजो प्रति केजी ४७ रुपैँयामा कारोबार भएको आलु रातो को मुल्य पनि सोहि  रहेको छ । गाँजर लोकलको मुल्यपनि आज यथावत रहेको छ । भण्टा डल्लेको मुल्य पनि हिजोको मुल्य कायम छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको भण्टा आजपनि सोहि मुल्यमा किनबेच भइरहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

गोलभेडा ठुलो भारतिको मुल्य हिजोको मुल्यमा प्रति केजी ३ रुपँयाले बढेको छ हिजो प्रति केजी ५५ रुपैतामा कारोबार भएको गोलभेडा ठुलो भारतिको मुल्य आज प्रति केजी ५८ पुगेको छ । बन्दा प्रतिकेजी २० रुपैँयामा हिजो कारोबार भएको आज प्रति केजी २२ पुगेको छ । सेतो मुला हाइब्रेडको मुल्य प्रति केजि २ रुपैँयाले बढेर प्रति केजी ३२ पुगेको छ । घिउ सिमि लोकल हिजो प्रति केजी ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ६५ रुपैया पुगेको छ घिउ सिमि हाइब्रिडको मुल्य पनि २० रुपैया ले बढेको  छ  जुन हिजोको तुलनामा ४४.४४ प्रतिसत बढेको हो । त्यसैगरी घिरौला को मुल्य हिजोको तुलनामा प्रति केजी १० रुपैँयाले बढेर ५५ पुगेको छ । फर्सि हरियोको मुल्य पनि हिजोको तुलनामा प्रति केजी १० रुपैँया नि बढेको छ ।

आज च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रति केजी ३४५ मा कारोबार भएको च्याउ डल्ले आज २९० रुपैया प्रति केजी भएको छ । घिउसिमि राजमा को मुल्य आज घटेको छ हिजो प्रति केजी १५० मा कारोबार भएको राजमा आज प्रति केजी १२५ रुपैँयामा कारोबार भइरहेको छ । भिण्डि,सखरखण्ड स्कुसको मुल्य पनि हिजोको तुलनाम घटेको छ । आँप दसहरी मालदह तरबुजा,जुनासरको मुल्य पनि हिजोको तुलनाम आज घटेको छ लिच्।ची मेवा नासपातिको मुल्य पनि हिजोको तुलनाम आज घटेको छ । हिजो प्रति केजी ११६ रुपैँयाम, कारोबार भएको तने बोडि को मुल्य आज घटेर प्रति केजी ९२ पुगेको छ

हेर्नुहोस आजको तरकारीको बजार मुल्य थोकमा 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार