CLI

ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक  र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले  साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ  ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को संस्थाको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ,बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८० /८१ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारणसभाले  यस कम्पनीमा अन्यकुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (Merger) तथा प्राप्ति सम्वन्धित आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

नवौं वार्षिक साधारणसभाका लागि २०८१/०३/३ गते वित्तीय संस्थाको शेयर दाखिल खारेज दर्ता बन्द हुने कम्पनीले जनाएको छ साथै २०८१/०३/०२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई शेयर नामसारी भएका शेयरधनीहरू मात्र संस्थाको नवौं वार्षिक साधारण सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

 

Leave Your Comment

Related News