कुमारी क्यापिटलका सबै म्युचअल फन्ड घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । कुमारी क्यापिटलका ४ वटै म्युचुअल फन्डहरुले असोज महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । असोजमा सबै फन्डहरु घाटामा गएका छन् । जसमध्ये कुमारी धनवृद्धि योजनाले चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा  ११ करोड ४० लाख र रुपैयाँ कुल घाटा व्यहोरेको छ । अघिल्लो महिना फन्डको घाटा २ करोड ९७ लाख रुपैयाँ थियो ।

सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ १०.०६ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.७५ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९८ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब १० करोड ३१ लाख लगानी गरेको थियो ।

बैंक मौज्दातमा ६ करोड ३० लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन । यता, कुमारी इक्विटी फन्डले असोजमा ८ करोड ४६ लाख रुपैयाँ कुल घाटा व्यहोरेको छ । अघिल्लो महिना फन्ड २ करोड ८२ लाख नोक्सानीमा थियो । रिपोर्ट अनुसार फन्डको न्याभ ९.४४ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १० रुपैयाँ थियो ।

यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ६८ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ७७ करोड १२ लाख लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ३ करोड ९५ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन ।

कुमारी सुनौलो लगानी योजनाले चालु आर्थिक वर्षको असोजमा ६ करोड ६८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो महिनामा फन्ड १ करोड ८८ लाख घाटामा थियो । रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.४३ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.१६ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ५७ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।

अघिल्लो महिना यसले ६१ करोड १९ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा ८ करोड ४३ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन । कुमारी सबल योजनाले असोज महिनामा ७ करोड ६८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो महिनामा फन्डले १ करोड ७७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

रिपोर्ट अनुसार फन्डको न्याभ ९.४२ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.२१ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ६४ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ७१ करोड २८ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा भने रकम जम्मा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार