काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । बजारम चाँदी प्रतितोला २ हजार ९ सय ८० रुपैयाँ खरिदबिक्री भइरेको छ । बुधबार चाँदीको मूल्य २ हजार ९ सय २० रुपैयाँ थियो ।
सुनको मूल्य स्थिर, चाँदीको १५ रुपैयाँले बढ्यो

