काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सनु शुक्रबार २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको मूल्य ८० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार ९ सय ८० रुपैयाँ थियो ।
बढ्यो सुनचाँदीको मू्ल्य ,कतिमा हुँदैछ कारोबार ?

