CLI

तरकारी आलु, प्याज र च्याउको मूल्य घट्यो, गोलभेँडा महँगियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउलीसहितका तरकारीको मूल्य थप बढ्दा प्याज, आलु, च्याउ लगायतका तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ७२, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ८३, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १२५, लोकल बन्दा ६९, लाम्चो भन्टा ६७, डल्ले भन्टा ७७, तने बोडी १४२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ८६, लौका ६३, लोकल परबल ७५, घिरौँला ६८, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ १९२, डल्ले च्याउ ३०४, कुरिलो ५२५, ब्रोकाउली १९२ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ७८, रातो आलु ८६, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, लोकल बन्दा ७०, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५, तने बोडी १४१ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ९७, लौका ७८, लोकल परबल ८०, घिरौँला ८२, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ २२३, डल्ले च्याउ ३७०, कुरिलो ५२५, ब्रोकाउली १२२ रुपैयाँ प्रतिकिलो थियो।

Leave Your Comment

Related News