शनिबार अपराह्नसम्म एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध

काठमाडौं । एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध हुने भएको छ । बैंकले आफ्नो कार्ड स्विच पूर्वाधार अपडेट गर्न शुक्रबार राति ८ बजेदेखि शनिबार दिउँसो ४ बजेसम्म अस्थायी रुपमा कार्ड सेवा अवरुद्ध गर्न लागेको जानकारी दिएको छ ।

यसबाट बैंकको भिसा कार्ड, एटीएम, पीओएस र ईकमर्स सेवा अवरुद्ध हुनेछ ।

यस अवधिमा बैंकको कार्डमार्फत हुने ट्रान्ज्याक्सन पूर्ण रुपमा निष्क्रिय हुने बैंकले जनाएको छ।

निर्धारित डाउनटाइमभन्दा अघि जरुरी कारोबार गर्न र सुविधाका लागि मोबाइल बैंकिङलगायत वैकल्पिक भुक्तानी विधि अपनाउन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार