काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठक काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको कार्यालयमा सम्पन्न भएको थियो।

