काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद पुनःस्थापना हुने बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उनले यसो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले भने,‘ सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन । ’
उनले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विश्चास नभएको उनले बताए ।

