काठमाडौं । अवसर इक्विटी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर १२ गते होटल हिमालय, ललितपुरमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले सभामा ९.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेन्डाहरु पनि रहनेछन् ।

