सामसङले नेपालमा लॉन्च गर्‍यो Galaxy M17 5G

काठमाडौं ।सेग्मेन्टकै पहिलो OIS क्यामेरा ! “नो-शेक क्यामेरा” इन्नोभेसन र Galaxy AI अनुभव अब अझ धेरै नेपाली प्रयोगकर्तासम्म

सामसङले नेपालमा लोकप्रिय Galaxy M सिरिजको नयाँ सदस्य Galaxy M17 5G सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् “No Shake Camera” प्रविधि ल्याएको छ। अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ — यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “Galaxy M17 5G मार्फत हामी AI र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ। ‘No Shake Camera’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ। यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन्।”

जबरजस्त टिकाउपन, दमदार परफर्मेन्स र Monster AI अनुभव

Galaxy AI द्वारा सञ्चालित Galaxy M17 5G मा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ।

६ न्यानोमिटरको Exynos 1330 प्रोसेसरले उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ।

मुख्य विशेषताहरू:

  • 6.7″ FHD+ Super AMOLED डिस्प्ले
  • Corning Gorilla Glass Victus द्वारा सुरक्षित
  • IP54 रेटिङ सहित धूलो र पानीबाट सुरक्षा

यी सबै सुविधाहरूले Galaxy M17 5G लाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथी बनाउने कम्पनीकाे दाबी छ।

मूल्य तथा अफर

प्रोडक्ट भेरियन्ट मूल्य (NPR)
Galaxy M17 5G 4GB / 128GB 25,999
   6GB / 128GB  27,999

उपलब्धता

Galaxy M17 5G अब देशभरका Samsung Authorized Retail Stores, Samsung Plaza, र प्रमुख e-commerce प्लेटफर्महरूमा उपलब्ध छ। उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यस नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार