मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज । बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म ४ हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिए । उनले निर्वाचन कार्यालयमा दैनिक २ सयकोे हाराहारीमा नाम दर्ता भइरहेको बताए । बाँकेमा ३ लाख ३३ हजार ९३४ मतदाता छन । सो मतदातामध्ये १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९  जना अन्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार