काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कार्तिक २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
जसमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण हुने जनाइएको छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। मङ्सिर २९ गते कम्पनीको साधारणसभा हुँदैछ ।
जसका लागि कम्पनीले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन्।

