वीरगन्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान  निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु ८ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।

चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालु आवको तीन महिनामा रु २ अर्ब ७ करोड मूल्य पर्ने २ करोड १२ लाख ४८ हजार ३ सय ८३ लिटर जुस  निर्यात भएको छ ।साथै रु १ अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार