ट्रेजरी बिलमाार्फत् १९ अर्ब ८५ करोड आन्तरिक ऋण उठाइँदै

काठमाडौं । अल्पकालीन ऋणपत्र (ट्रेजरी)मार्फत सरकारले २५ कात्तिकमा करिब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरीमार्फत कुल १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ ऋण उठाउने भएको हो । आइतबार एक सूचना जारी गर्दै कार्यालयले ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको छ ।

सूचनाअनुसार कुल निष्काशित ट्रेजरीमध्ये पाँच अर्ब रुपैयाँ नयाँ ट्रेजरीमार्फत उठाउन लागिएको हो भने बाँकी १४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुरानै ट्रेजरीलाई नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात्, २४ कात्तिकको बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

ट्रेजरीको बिक्री अर्थात्, निष्काशन २५ कात्तिकमा हुनेछ । यसअघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १७ कात्तिकमा १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार