काठमाडौं । नेपाल ट्रष्ट र थामसर्कुे ट्रेकिङ प्रा.लि बीच ६ अर्ब ठेक्का सम्झौता भएको समाचार तथा सुचनामा सत्यता नभएको बताइएको छ । दरवारमार्गस्थित नेपाल ट्रष्टको जग्गा ६ अर्ब ठेक्का सम्झौता भएको भनि मिडियामा प्रसारित र प्रकाशित सामाग्रीमा कुनै सत्यता नभएको थामसर्कुे कम्पनीले जनाएको छ ।कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको खण्डन गरेको हो । ‘
लिज रकम रु.६ अर्ब भनेर जसरी प्रसारित गरिएको छ, यस कुरामा कुनै सत्यता छैन । महालेखा परीक्षकको कार्यालयबाट औल्याईएको भनिएको यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटसमेत अनुसन्धान भई मिति २०७५ माघ २८ गतेको आयोगको निर्णय अनुसार निरूपण भइसकेको र यसै विषयमा सम्मानित उच्च अदालत पाटनमा मुद्दा परि उक्त मुद्दामा समेत फैसला भई न्याय निरुपण भइसकेको हामी सार्वजनिक अपिल गर्न चाहन्छौं । हालसम्म उक्त फैसला बिरुद्ध माथिल्लो निकायमा पुनरावेदन नपरेको अवस्था रहेकोमा फैसलाको बिरुद्ध पटक पटक भ्रामक समाचार संप्रेषण गर्नु सम्मानित अदालतको समेत अवहेलना हो भन्ने हाम्रो बुझाई छ ,’ कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अघि भनिएको छ, ‘बिगत केही दिन यता खासगरी २०८२।०७२२ गते यस कम्पनीसँग सम्बन्धित भनि प्रकाशित विभिन्न समाचार र प्रकाशित प्रेस बक्तव्यप्रति यस कम्पनीको गम्भीर ध्यान आकृष्ट भएको छ । नेपाल ट्रष्टको कार्यालयसँग कानूनी प्रक्रिया पुरा गरी मिति २०७४।२।१४ मा लिजमा लिएको काठमाडौं महानगरपालिका वडा नम्बर १ दरवारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा, सो मा यस कम्पनीले बनाएको भवन, लिज रकम, लिज अवधि, लिज क्षेत्रफल लगायतका विषयमा भाम्रक, कपोकल्पित र प्रचलित कानुनको वर्खिलाप हुने गरी प्रकाशित समाचार र सूचनाहरुप्रति यस कम्पनीको आपत्ति रहेको छ । यस किसिमका समाचार र सूचनाले समाजमा भ्रम सिर्जना हुने र यसबाट कानूनी राज्यको बर्खिलाफ भएको हाम्रो धारणा रहेको छ । यस्ता गतिविधिले असल व्यवसायीलाई गरिखान असहज अवस्था सिर्जना हुन पुगेको छ । यसप्रति सचेत हुन र कानुनी राज्यप्रति संवेदनशील हुन र सम्मान गर्न सम्बन्धित सबैप्रति हामी सार्वजनिक अपिल गर्न चाहन्छौं ।’
कम्पनीका अनुसार नेपाल ट्रष्टको कार्यालयबाट मिति २०७३।०३।१४ गते गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित लिज प्रस्ताव आह्वानको सूचना बमोजिम यस कम्पनीले टेण्डर प्रक्रियामा सरिक भई रु.१,५९,४०,५२,००४।६० (जग्गाको हकमा रु.१,४०,१०,८६,०७७७ र भवन निर्माणको हकमा रु.१९,२९,६५,९२७७६० ) तिर्ने प्रस्ताव गरी तोकिएका सम्पूर्ण शर्तहरु पुरा गरी दरवारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा निर्माण अवधिको ३ वर्ष सहित जम्मा ३० वर्षको लागि लिजमा प्राप्त गरेको व्यहोरा सर्वविदितै छ । लिज प्राप्त गरी कोभिड –१९ को विषम परिस्थितिमा पनि यस कम्पनीले उक्त जग्गामा सम्झौतामा उल्लेखित निर्माण अवधिभित्रै भवन निर्माण गरी संचालनमा ल्याई सोही मितिदेखि लिज वापतको रकम भुक्तानी गर्दै आईरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं । पुनश्चः यस कम्पनीले रु.१९,२९,६५,९२७७६० को लागतमा भवन निर्माण गर्ने भनि प्रस्ताव गरिएता पनि भवन निर्माण गर्दै जाँदा उक्त भवनको लागत रु ४० करोड भन्दा बढी परेको र जग्गाको लिज वापत हालसम्म २१ करोड भन्दा बढी रकम यस कम्पनीले नेपाल ट्रष्टको कार्यालयलाई भुक्तानी गरिसकिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

