काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८११.६३ प्रतिशत बढी हो । गत वर्षको असोजसम्म कम्पनीले ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ८८ लाखबाट बढेर ४ करोड ६ लाख पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी समान्य बढेपनि कम्पनीको नाफामा भने तीव्र सुधार भएको छ । असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । जसका कारण यसको नाफामा सुधार आएको हो ।
१ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । यसको प्रतिसेयर नेटवर्थ १८०.८४ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ६०.५८ रुपैयाँ छ ।


