बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने, सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयरको बिक्री खुल्ला गर्दा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक शेयर : ३,५६,०७४.५७ लिलाम बढाबढ गरी बिक्रिमा रहेको छ । शेयरहरु खरिद गर्न इच्छुक व्यक्ती, कम्पनी, संस्थाहरुले २०८१ असार ४ हते देखि २०८१ असार ११ गते सम्म  के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी बोलपत्र मार्फत बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौं तथा शाखा कार्यालयहरुः मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ्ग, इटहरी, नारायणगढ चितवन, र न्यूरोड पोखरा, श्री ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु उपत्यका बाहिरः विरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली, मा बुझाउन पर्नेछ ।

शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले आवेदन दिँदा शेयरको न्युनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुंदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

शेयर खरिदकर्ताले बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिपाउने छैन्  । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको मूल्य रकम नबुझिने भएमा जम्मा गरेको रकमलाई आधार मानिने कम्पनीले जनाएइको छ ।

खरिदकर्ताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पुर्ण विवरण स्पष्ट रुपमा उल्लेख गरेको हुनु पर्ने छ  ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १,००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 बोलपत्रवालाले आफूले खरिद गर्न चाहेको शेयरको जम्मा मुल्यको सम्पुर्ण रकम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड कान्तिपथ, काठमाण्डौंमा तथा बेष्ट फाइनान्स कम्पनी लिमिटेड, कमलादी, काठमाण्डौंमा नगद जम्मा गरी सो को सक्कल भौचर संलग्न गरी वा श्री ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा खिचिएको Good For Payment Cheque वा Manager’s Cheque वा Connect IPS बाट उक्त खातामा नगद जम्मा गरी सो को निस्सा संलग्न गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

 बोलपत्र पेश गर्दा लाहा छाप लगाई शिलबन्दी खाम बाहिर संस्थापकको लागि “बेष्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर खरिद आवेदन – संस्थापक समूह” उल्लेख गर्नु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार