शिक्षाका वरिष्ठ सहसचिव अर्याल प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा

काठमाडौं । शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्यालले सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी पाएका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो ।

गोरखा जन्मथलो भएका अर्याल शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख रहेका थिए । यस अघि योजना महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ता समेत रहीसकेका उनले शिक्षा तथा मानव श्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायतमा महानिर्देशकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका छन् ।

२०५३ सालमा विद्यालय निरिक्षकका रुपमा निजामती सेवामा प्रवेश गरेका अर्याल काठमाडौ, कास्की, चितवन लगायतका ठुला जिल्लामा समेत जिल्ला शिक्षा अधिकारीको जिम्मेवारीनिर्वाह गरेका थिए  ।

उनी खुला प्रतिस्पर्धाबाट २०७१ सालमा सहसचिव भएका हुन् । नीति निर्माण र योजनामा दख्खल राख्ने अर्याल निजामती सेवामा भद्र, शालीन र क्षमतावान प्रशासक मानिन्छन् । हाल कामु सचिवको जिम्मेवारी पाएका लोकसेवा आयोगको सिफारिसमा  अबको मन्त्रिपरिषद् बैटकबाट बिषिष्ट श्रेणी सचिव पदमा बढुवा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार