नेपाल वायुसेवा निगमलेकर्मचारी कटौती गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले संस्थालाई चुस्त दुरुस्त बनाउने र आर्थिक दायित्व कम गर्ने उद्देश्यले गरेको छ। निगमका अनुसार व्यवस्थापनले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा अवधि मंगलबारदेखि नै लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेको हो।

निगमले यो सुधारात्मक कदम हालको बदलिँदो परिस्थितिलाई सम्बोधन गर्न र निगमको आर्थिक भार कम गर्न चालिएको बताएको छ। हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशनहरू र उडान सञ्चालनमा रहेका आन्तरिक स्टेशनहरूमा हुने उडान संख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गरेको नेपाल वायु सेवा निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार