बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भएका ४५ वर्षीया बिन्दा ढुंगेल रिजाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार