आइसीएफसी फाइनान्सले ३० करोड बराबरको डिबेन्चर २०८८ जारी गर्ने

काठमाडौं । आइसीएफसी फाइनान्सले ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्ने अनुमति प्राप्त गरेको छ । राष्ट्र बैंकले सोमबार फाइनान्सलाई ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्न अनुमति दिएको थियो ।

राष्ट्र बैंकको स्वीकृति सँगै फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेच्नर २०८८’ जारी गर्न लागेको हो । कम्पनीले ९ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको उक्त डिबेन्चर जारी गर्न लागेको हो ।

गत चैत १९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठक फाइनान्सले डिबेन्चर पत्र जारी गर्नका लागि स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार