काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् । राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।


