काठमाडौं । अप्पर तमाकोशी हाड्रोपावरले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा बढेको छ । यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । चालु आवामा कम्पनीलाई १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको नाफा भएको छ ।
गत आवको तुलनामा यो १ अर्ब ४ करोड २७ लाख ४ हजार रुपैयाँ बढी हो । गत आवामा कम्पनीलाई ६३ करोड १९ लाख ८४ हजार रुपैयाँको नाफा थियो । रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ७.९१ रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २.९८ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ भने ५३.३५ रुपैयाँ रहेको छ । अघिल्लो आवमा ६०.४२ रुपैयाँ थियो ।
कम्पनीको चुक्त पूँजी २१ अर्ब १८ करोड रहेको छ । कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३१.५३ प्रतिशत अर्थात ९२ करोड ४२ लाख ४१ हजार बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ९३ करोडको विद्युत बिक्री गरेको थियो ।

