हिमालयन रिइन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीको चालु आवको पहिलो त्रैमासिक अवधिमा खुद नाफा ८.६ प्रतिशत बढेर २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको खुद प्रिमियम आम्दानी ९२ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको लगानीवापतको आम्दानी भने घटेर २३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।  यस्तो आम्दानी पहिले ३१ करोड २१ लाख रुपैयाँ रहेकोथियो ।  १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।

नाफा बढ्दा वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ८.७१ रुपैयाँ रहेकोमा अहिले ९.०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ । हाल बजार मूल्य प्रतिकित्ता ७९०.६० रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार