रिभर फल्स पावर लिमिटेडको नाफा बढ्यो

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।  यसको विद्युत बिक्री बढेपछि नाफा बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासम्ममा कम्पनीले ९ करोड ९४ लाख ८७ रुपैयाँ को विद्युत बिक्री गरेको थियो भने चालु आवमा १० करोड ६ लाख ८१ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ ।

चालु आवमा ३ करोड १४ लाख १९ हजार रुपैयाँको नाफा गरेको छ  । अघिल्लो आवको तुलानामा यो रकम १४ लाख ८० हजार रुपैयाँले बढीहो । गत आवको  पहिलो त्रैमासम्म कम्पनीले २ करोड ९९ लाख ३३ हजार रुपैयाँको नाफा गरेको थियो ।

विवरण अनुसार कम्पनीको चुक्ता पूँजी   २ अर्ब ६८ करोड ९१ लाख ८२ हजार रुपैयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी १७.९५ रुपैयाँ रहेको छ र प्रति सेयर नेटवर्थ १०५.०१ रपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार