पदपूर्ति प्रक्रियामा भ्रामक समाचार प्रति बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही संचार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।

बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय कानूनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेको तर्फ थोरै पनि ज्ञान नराखी एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनको परिवारको समेत चरित्र हत्या गर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि त्यसरी प्रकाशन गरिएको स्पष्ट देखिन्छ ।

‘यस्तो मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मनगढन्ते समाचारप्रति खेद व्यक्त गर्दै यस्ता भ्रमपूर्ण समाचार लेखी पत्रकारिताको धर्म विपरीत पितपत्रकारिता भइरहेको तर्फ सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण गराइन्छ । प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भइनसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराइन्छ,’ प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Press release

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार