चीनबाट टेलिकिम र विद्युतीय उपकरणको आयात बढाइयो

काठमाडौं ।  नेपाली व्यवसायीहरुले चीनबाट टेलिकम उपकरण तथा पार्टस्, तयारी कपडा, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्यूटर तथा पार्टस्लगायतका वस्तुहरूको आयातमा वृद्धि गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकामा आर्थिक वर्ष २०८१ / ८२ मा १४.२ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ४१ अर्ब १० करोड पुगेको छ । समीक्षा वर्षमा चीनबाट टेलिकम उपकरण तथा पार्टस्, तयारी कपडा, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्यूटर तथा पार्टस्लगायतका वस्तुहरूको आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य मुलुकबाट भएको वस्तु आयात अघिल्लो वर्ष १७६ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१ /८२ मा ३१.७ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ९१ अर्ब ८२ करोड पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकबाट कच्चा सोयाबिन तेल, खाने तेल, तेलहन, अन्य मेसिनरी तथा पाट्र्स, यातायात उपकरण तथा पार्टपुर्जालगायतका वस्तुहरूको आयात बढेको छ ।

आर्थिक वर्ष २०८१ /८२ मा कुल वस्तु व्यापार घाटा ६० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १० प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापार घाटाको अनुपात २५.२ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २५.० प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा ५.३ प्रतिशतले कमी आई रु. ८ खर्ब ४६ अर्ब ५१ करोड, चीनसँगको व्यापार घाटा १४.३ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ३८ अर्ब ४७ करोड र अन्य मुलुकसँगको व्यापार घाटा ३६.३ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ४२ अर्ब १० करोड पुगेको छ ।

कुल वस्तु व्यापार अघिल्लो वर्ष १.३ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा १९.२ प्रतिशतले वृद्धि भई रु.२० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापारको अनुपात ३०.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३४.१ प्रतिशत रहेको छ ।

कुल व्यापारमा भारतसँगको व्यापार अघिल्लो वर्ष ३.१ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा १७८ प्रतिशले वृद्धि भई रु.१२ खर्ब ९५ अर्ब ८८ करोड पुगेको छ । चीनसँगको कुल व्यापार अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा १४.१ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ४३ अर्ब ७३ करोड पुगेको छ । त्यसैगरी, अन्य मुलुकसँगको कुल व्यापार अघिल्लो वर्ष १६.० प्रतिशतले घटेकोमा समीक्षा वर्षमा २८.३ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब ४१ अर्ब ५४ करोड पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा निर्यात–आयात अनुपात १५.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कुल निर्यात, कुल आयात कुल वस्तु व्यापार घाटा र कुल व्यापारमा भारतसँगको अंश क्रमशः ८१.१ प्रतिशत, ५९.४ प्रतिशत, ५५.४ प्रतिशत र ६२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष भारतसँगको यी अंशहरू क्रमशः ६७७ प्रतिशत, ६२.६ प्रतिशत ६२.० प्रतिशत र ६६३० प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष ४६.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०८१ ÷ ८२ मा १.६ प्रतिशतले बढेर रु.२ अर्ब ६३ करोड कायम भएको छ । समीक्षा वर्षमा चीनतर्फ मुख्यतया ऊनी गलैचा, हस्तकलाका समानहरू, तयारी पोसाकलगायतका वस्तुहरूको निर्यात बढेको छ ।

अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ४.३ प्रतिशतले कमी आएकोमा आर्थिक वर्ष २०८१ /८२ मा ६.७ प्रतिशतले वृद्धि भई रु.४९ अर्ब ७१ करोड कायम भएको छ । समीक्षा वर्षमा अन्य मुलुकतर्फ मुख्यतया पश्मिना, सङ्गीत वाद्ययन्त्रहरू वा तिनका पाट्र्स तथा एक्सेसरिज, चाउचाउ, नेपाली कागज, चियालगायतका वस्तुहरूको निर्यात बढेको छ ।

आर्थिक वर्ष २०८१/ ८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष २७९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २९.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ३.० प्रतिशतले घटेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष २.७ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४.५ प्रतिशत रहेको छ ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्ष ३.३ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा ११७.८ प्रतिशतले वृद्धि भई रु.२ खर्ब २४ अर्ब ६८ करोड पुगेको छ । वस्तुगत आधारमा समीक्षा वर्षमा भारततर्फ मुख्यतया सोयाविन तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया लगायतका वस्तुहरूको निर्यातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१ / ८२ मा भारतबाट भएको वस्तु आयात ७५ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ७१ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ३.० प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा भारतबाट सवारी साधन तथा स्पेयर पार्टस्, स्पोन्ज आइरन, अन्य मेसिनरी तथा पार्टस्, धान तथा चामल, औषधीलगायतका वस्तुको आयात भएको थियो । .

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार