नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.४४ अंकले बढेको छ । बजार २६५०.६६ मा पुगेरा बन्द भएको छ । यस दिन ३३० वटा कम्पनी ७९ हजार ७ सय १४ पटकको कारोबार हुँदा १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता सेयर खरिदबिकी भएको छ। त्यसैगरी कारोबार रकम ७ अर्ब  ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा ७४ करोड ८७ लाख रुपैयाँले बढीहो। आइतबार करोबार रकम ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ थियो।

यस दिन सबै उपसमूह बढेका छन् । बैंकिङ १.४० प्रतिशत, विकास बैंक १.२१, वित्त १.४२, होटल्स तथा पर्यटन समूह २.२४, जलविद्युत ०.८०, लगानी १.८३ जीवन बीमा ४.९४, उत्पादन र प्रशोधन १.६४ , लघुवित्त १.९३ , म्युअुचल फण्ड ०.७९, निर्जीवन बीमा २.९९ र अन्य समूह १.६८ र व्यापार समूह ०.७६ प्रतिशतले बढेका छन् ।

त्यसै गरी यस दिन झापा इनर्जी ,सागर डिस्टिलरी, बन्दिपुर केबलकार, स्वस्तिक लघुवित्त  र श्रीनगर एग्रीटेक १० प्रतिशतले बढेको छ ।कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २४ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार