काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

