सिक्लेस हाईड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सिक्लेस हाईड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको हो । सभा मंसिर २९ गते पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश गर्नेछ ।

सभामा बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पेश गरिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा मंसिर १७ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार